Kantipur Marathon 270मिति – २०७०-११-०६

नेपाल अधिराज्यको लागी हिरो मोटरसाईकलको आधिकारीक विक्रेता श्री नेपाल जेनरल मार्केटिङ्ग प्रा. लि., ज्योति भवन, कान्तिपथ, काठमाडौंले कान्तिपुर ग्रुपसँग सहकार्य गरि Hero Marathon 2070 कार्यक्रम प्रायोजन गरेको छ । कम्पनिका अनुसार अहिलेको समयमा हरेक व्यक्तिको दैनिक अति व्यस्तता हुने गरेको छ । तर प्रत्येक व्यक्ति आपूmलाई स्वस्थ र तन्दुरुस्त राख्ने इच्छा भएता पनि समयको अभावले गर्दा व्यायाममा समय दिन नसकेको अवस्थामा यस्तो Marathon र Walkathon कार्यक्रमको आयोजनाले यस्मा सहभागी हुने सबैलाई स्वस्थ र फुर्टिलो बनाउनमा सहयोग पु¥याउने आशा राखेको छ । उक्त कार्यक्रममा सहभागी हुन चाहनु हुने सर्व साधारण, हिरोका शुभचिन्तकहरु र हिरो मोटरसाईकल तथा स्कूटर चढ्नु हुने सम्पूर्ण ग्राहक महानुभावलाई उक्त कार्यक्रममा सहभागी भई दिनुहुन कम्पनिले आव्हान गरेको छ ।

साथै उक्त कार्यक्र अन्तर्गत Corporate and Media 5.5 Half Marathon र Walkathon मा हिरोको उपत्यका स्थित सबै हिरो शोरुम स्टाफहरुले पनि सहभागीता जनाउने जानकारी कम्पनिले दिएको छ ।

उक्त Hero Marathon कार्यक्रम मिति २०७० फाल्गुन ७ गते विहान ६ बजे कान्तिपुर कम्पलेक्स, सुविधानगरबाट शुरु हनेछ ।